बाँके बैशाख २७ गते ।
नेपाली काँग्रेस र जसपाबाट नेपलगन्ज उपमहानगरपालिकाको तर्फबाट नगर उपप्रमुख पदका उम्मेदवार कमरुद्दिन राईले आफ्नो मताधिकार प्रयोग गर्न सबै मतदाताहरुलाई आव्हान गरेका छन् ।
मौन अवधि सुरु हुनु अगावै उहाँले स्थानीय तहको जनप्रतिनिधि चुन्ने यो अवसरमा आफुलाई सहभागी गराउन आव्हान गरेका छन् । उनले हाम्रो भन्दा राम्रो उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।
उपप्रमुख पदका उम्मेदवार राईप्रति नगरबासीको साथ र सहयोग बढ्दै गएको छ । प्रतिस्पर्धी उपप्रमुखहरु मध्ये उनी सबै भन्दा बलिया देखिएका छन् ।
अघिल्लो निर्वाचनमा नेपालगन्जको प्रमुख पदमा चुनाव लडेका राईले ५ हजार बढी मत ल्याएका थिए । यो पटक काँग्रेसले पनि साथ दिएपछि राईको चुनावी पल्ला भारी देखिएको छ ।
प्रतिस्पर्धीमध्ये उनी मतदातामाझ पुगिरहने एकमात्रै उम्मेदवार हुन् । उनी मौन अवधि सुरु हुनु अघि पनि चुनावी घरदैलोमा व्यस्त छन् ।
आज पनि विहानैदेखि उनी विभिन्न वडामा पुगेर मतदाताहरुसँग भेटघाट गरिरहेका छन् ।
Discussion about this post