
खोजखबर संवाददाता बाँके असोज १२ गते ।
बाँकेको खजुरामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, धनौलीका अनुसार प्रदेश ३–०२–००१ प ११८५ नम्बरको मोटरसाइकल खजुरा–३ वी गाउँमा अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा खजुरा–४ डि गाउँका कृष्ण थापाको मृत्यु भएको हो । सोही घटनामा परी आशिष थापा घाइते भएका छन् ।
Discussion about this post