बाँके बैशाख ३१ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाको २३ नम्बर वडाको मतगणना सकिँदा कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्टले ३०५ मत प्राप्त गरेका छन् ।एमालेका पशुपतिदयाल मिश्रले १२५ मत र राप्रपाका नन्दलाल बैश्यले ७९ मत प्राप्त गरेका छन् ।
विष्टले वडा नम्बर २३ बाट निकटतम् प्रतिद्वन्दी मिश्र भन्दा १८० मत बढी पाएका छन् ।
यस्तै उपप्रमुखमा जसपाका कमरुद्दिन राईले २१६, नेकपा एमालेकी शान्तिदेवी ढकालले १२२ र र राप्रपाकी बिन्दु चर्ती मगरले ९४ मत पाएका छन् ।
Discussion about this post