बाँके जेठ १ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्टले अग्रता बढाएका छन् । विष्ट प्रतिष्पर्धीहरु भन्दा करिब तेब्बर मत अन्तरले अगाडि छन् ।
विष्टले ९८४ मत ल्याउँदा राप्रपाका नन्दलाल वैश्यले ३६६ र नेकपा एमालेका पशुपतिदयाल मिश्रले ३४० मत ल्याएका छन्।
उपमेयरमा जसपाका कमरुद्दिन राईले ८६२, राप्रपाकी विन्दु चर्ती मगरले ४४५ र एमालेकी शान्तिदेवी ढकालले २९३ मत पाएका छन् ।
नेपालगञ्जमा अहिलेसम्म वडा नम्बर २२ र २३ को मतगणना सकिएको छ । वडा नम्बर १, २, २० र २१ को मतगणना भइरहेको छ ।
Discussion about this post