बाँके जेठ २ गते ।
नेपालगञ्ज उपमहानगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट ठूलो मतान्तरले अगाडि छन् । वडा नम्बर १, २, २१, २२ र २३ नम्बर वडाको मतगणना सकिँदासम्म विष्टले ४२५७ मत पाएका छन् ।
नेकपा एमालेका पशुपतिदयाल मिश्र १८८७ मतका साथ दोस्रो स्थानमा छन् । विष्ट मिश्र भन्दा २३७० मतले अघि छन् । राप्रपाका नन्दलाल बैश्यले १६३५ मत पाएका छन् ।
यस्तै उपप्रमुखमा जसपाका कमरुद्दिन राईले २९६९ मतका साथ अग्रता कायमै राखेका छन् । दोस्रोमा रहेकी राप्रपाकी विन्दु चर्ती मगरले २१५५ मत पाउँदा एमालेकी शान्तिदेवी ढकालको १७१९ मत आएको छ ।
Discussion about this post