बाँके जेठ ४ गते ।
नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले दोब्बर बढी मतले अग्रता लिइरहेका छन् ।
भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा जारी पछिल्लो मत गणना परिणाम अनुसार नगर प्रमुख पदका उम्मेदवार विष्टले १३५४७ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका नेकपा एमालेका पशुपतिदयाल मिश्रले ६३९७ मत ल्याएका छन् । विष्ट र मिश्रबीच ७१५० मतको अन्तर रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईले जानकारी दिए ।
यस्तै तेस्रो स्थानमा रहेका राप्रपाका नन्दलाल बैश्यले ५३४५ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राईले १०८४१ मत ल्याएर अग्रता लिइरहेका छन् ।
यस्तै राप्रपाकी विन्दु चर्तीमगरले ६९७१ र नेकपा एमालेकी शान्ति ढकालले ६०७९ मत प्राप्त गरेकी छन् ।
अहिलेसम्म नेपालगन्ज १ , २ , ३ , ४ , ५ , ६ , ७ , ८ , ९ , १९ , २० , २१ , २२ र २३ को अन्तिम मतगणना सार्वजनिक भइसकेको छ, भने वडा नम्बर १७, १८ र १० को मतगणना चलिरहेको छ । नेपालगन्ज उपमहानगरपालिकामा कुल ६१२०५ मत खसेको थियो ।
Discussion about this post