
सुर्खेत असोज १२ गते । पछिल्लो समयमा निजीकरण तथा व्यापारिकरणका कारण गरिबको शिक्षामा पहुँच नभएको बताइएको छ । अखिल (छैठौं)का केन्द्रीय अध्यक्ष विमल पोखरेलले नेकपा मसाल निकट विद्यार्थी संगठन अखिल (छैठौं)को राष्ट्रिय परिषदको वैठकमा बोल्दै यस्तो बताएका हुन् । अखिल (छैठौं)को राष्ट्रिय परिषदको वैठक आइतबारदेखि वीरेन्द्रनगरमा शुरु भएको छ ।
परिषदको बैठकमा प्रमुख अतिथिको रुपमा वैठकलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘शिक्षामा बढ्दो निजीकरण र व्यापारिकरणले शिक्षालाई गरिव मजदुरको पहुँच बाहिर पु¥याएको र यो कम्युनिष्टको दुईतिहाई सरकारले पनि संविधानमा उल्लेखित शिक्षा सम्वन्धि मौलिक अधिकारको कार्यान्वयन नगरेर आम जनतालाई धोका दिएको छ ।’ शिक्षालाई व्यावहारसंग जोड्ने गरि नीति निर्माण गर्नु पर्नेमा अध्यक्ष पोखरेलले जोड दिए ।
परिषदको बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव जनकराज शर्माले संघियताका कारणले देशमा भ्रष्टाचार, कालावजारी बढेको र जनताले झन्झन् सास्ती खेप्नु परेको बताए । उनले भने,‘यो सरकारले कम्युनिष्ट चरित्र अनुसारको व्याहार गर्नुपर्ने नत्र जनतामा कम्युनिस्ट शासनप्रति वितृष्णा आउन सक्छ । सरकारका अहिलेका गतिविधिले देशमा राजावादीहरु तथा विखण्डनकारीहरु सल्बलाईरहेको बताउँदै स्थानीय तह, प्रदेश तह र संघिय सरकारका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारीहरु भष्ट्रचारमा लिप्त हुनुले पनि यो सरकारप्रति जनतामा वितृष्णा पैदा भएको उनको भनाई थियो ।
परिषद वैठकलाई राजमो केन्द्रीय सदस्य मनोज भट्ट, रत्नविक्रम प्यासी, युवक संघका केन्द्रीय महासचिव कृष्णराज पाण्डे, विद्यार्थीका पूर्व उपाध्यक्ष पुर्ण बहादुर शाही, महासचिव भिमलाल पोखरेल र कोषाध्यक्ष हस्तराज रेग्मीले सम्बोधन गरेका थिए । युनियनका उपाध्यक्ष देवेन्द्र कुवरको अध्यक्षता र महासचिव महेशराज जोशीको सहजिकरण गरेको उक्त बैठकमा अखिल(छैठौं) सुर्खेतका अध्यक्ष हरि वुढाले स्वागत गरेका थिए । परिषद वैठकले अध्यक्ष विमल पोखरेलले प्रस्तुत राजनीतिक तथा संगठानिक प्रस्ताव महासचिवद्वारा प्रस्तुत विशेष प्रस्ताव र कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गर्दै आगामी १ वर्षको लागि संघर्षका कार्यक्रम घोषण गर्दै आज सोमबार समापन हुने निवर्तमान कोषाध्यक्ष हस्तराज रेग्मीले जानकारी दिए ।
Discussion about this post