बाँके जेठ ६ गते ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका कमरुद्दिन राई विजयी भएका छन् ।
विष्ट २३४६० मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका पशुपतिदयाल मिश्रले ११६७५ मत ल्याए ।
विष्टले ११७८५ मतान्तरले जितेका छन् । राप्रका नन्दलाल वैश्यले ७५९८ पाए । यस्तै उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका कमरुद्दिन राई १७९५० मतका साथ विजयी भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी शान्तिदेवी ढकालले १०९१५ मत पाइन् । राई ७०३५ मतान्तरले विजयी भएका हुन् । राप्रपाकी बिन्दु चर्ती मगरले १०१३५ मत पाइन् ।
Discussion about this post