बाँके जेठ १० गते ।
हवाई भाडा फेरि बढेको छ । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि वायु सेवा कम्पनीले पनि भाडा बढाएका हुन् । आयल निगमले आइतवार हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले बढाएको थियो ।
काठमाण्डौ–नेपालगञ्जको भाडा १२ हजार आठ सय ९५ रुपैयाँ पुगेको छ । यस्तै सबैभन्दा धेरै काठमाण्डौ–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ ।
यस्तै सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा ९० रुपैयाँ बढेको छ । बढेको भाडा बुधवारदेखि लागू हुनेछ । नयाँ दरअनुसार काठमाण्डौ–धनगढीको अधिकतम भाडा १५ हजार ६ सय ६५ रुपैैयाँ पुगेको छ ।
यस्तै भद्रपुरको ११ हजार नौ सय ३५, विराटनगरको नौ हजार तीन सय २५, जनकपुरको पाँच हजार दुई सय ५०, भरतपुरको चार हजार चार सय ३५, पोखराको ६ हजार तीन सय पाँच, भैरहवाको अधिकतम भाडा सात हजार आठ सय ८० रुपैयाँ पुगेको छ ।
Discussion about this post