बाँके जेठ १७ गते ।
‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस नेपालमा मनाइएको छ।
सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ प्रयोग तथा सेवन गर्न कानुनले वर्जित गरेपनि नेपालमा भने त्यसको कार्यान्वयन निकै फितलो देखिएको छ ।
धुवाँ आउने–नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा वा पानपराग सुर्तीजन्य पदार्थ हुन् । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरको जोखिम हुन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका सदस्य देशहरुले सन् १९८७ मा विश्व धुम्रपानरहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो ।
Discussion about this post