अजय पाठक बाँके असोज १६ गते । नेपालगन्ज शहरमा सवारी साधानमा नम्बर स्पष्ट नदेखिएका र नलेखिएका गाडीलाई ट्राफिक प्रहरीले अनिवार्य लेख्न गरेको छ ।
दुर्घटना निवनिकरण र दुर्घटना गरायर फरार हुने , नम्बर स्पस्ट नभए अपराधीक कृयाकलाप बढ्ने खतरा भएकाले ट्राफिक प्रहरी कार्यालय बाँके र जिल्ला प्रहरी बाँके ले जिल्ला भरी आफै आर्ट लियर नम्बर प्लेट नराखेको स्पस्ट नम्बर नभएका लाई तत्काल नियन्त्रण मा लिएर नम्बर फेर्ने काम गरीरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरक्षक ओम प्रसाद पौडेलले जानकारी दिए ।
आज बाँके जिल्ला भर नम्बर प्लेट नदेखिएका र नलेखिएकालाई पेन्टरलाई सडकमै बोलाएर न्यून मुल्यमा नम्बर लेख्न लगाईएको छ । निरीक्षक पौडेल आम नागरिकले समेत देखिने गरी मोटरसाइकल, रिक्सा लगायतका साधनमा नम्बर लेख्न लगाइएको छ, यदी नम्बर प्लेट लेख्न अटेर गरे उस्को सवारी साधन लाई कानुनी व्यवस्था अनुसार कारबाही गरिने जनाए ।
। कम्तिमा २० प्रतिशत कम खर्च तिर्नु पर्ने व्यवस्था सहित यो अभियान संचालन गरिएको निरक्षक पौडेलले बताए ।
Discussion about this post