डडेल्धुरा जेठ ३१ गते ।
डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति विक र गणेश विक एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।
आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Discussion about this post