दमौली असार २ गते ।
पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ४ रुवाखोलाको पुलबाट टिपर खस्दा चालकको मृत्यु भएको छ ।
मुग्लिनबाट आबुँखैरेनी जाँदै गरेको ग १ क ४४६९ नम्बरको मिनि टिपर दुर्घटनामा सोही टिपरका चालक म्याग्दे–६ मनपाङ निवासी ४७ वर्षीय रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए ।
दुर्घटनामा घाइते दमैको उपचारका क्रममा चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Discussion about this post