बाँके असार ९ गते ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाको ११ औं गाउँसभाको तयारी तिब्र पारिएको छ । भोली दिउँसो १ बजे गाउँसभाको तयारी गरिएको अध्यक्ष तप्तबहादुर पौडेलले जानकारी दिनुभयो ।
उक्त सभामा अध्यक्ष पौडेलले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ । यस्तै उपाध्यक्ष मनिषासिंह थारुले आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९ वटै वडामा १५ करोड ३० लाख रुपैयाको बजेट सिलिङ पठाइएको छ । मापदण्ड नै बनाएर वडामा १ करोड ६० लाखदेखी १ करोड ९० लाख रुपैयाँ सम्म बजेट छुट्याइएको छ ।
यसैगरी गाउँपालिकाले खर्च गर्ने बजेट ३५ करोड ४६ लाख ४८ हजार रुपैयाँ गरी कुल ८८ करोड ३१ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट ल्याउने तयारी रहेको प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताउनुभयो । गाउँ सभामा सभाध्यक्षसहित ४७ जना सदस्य सहभागी हुनेछन् ।
Discussion about this post