बाँके असार १० गते ।
नेपालगंज उप–महानगरपालिका वडा नं.४ बसपार्कबाट प्रहरीले थप चिनी बरामद गरेको छ ।
वडाबाट खटिएको प्रहरीको टोलीले भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको चिनि २४ बोरा र सुपर पावर सुर्ती ४ बोरा गरी कुल जम्मा अन्दाजी मुल्य रु एक लाख ३८ हजार रुपैया बराबरको सामान बरामद गरेको हो ।
शुक्रवार बिहान मात्रै ५२० बिरा चिनी बरामद गरेको थियो । वडा प्रहरी कार्यालयका अनुसार बरामद गरिएको अबैध सामान थप कारबाहीका लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको छ ।
Discussion about this post