काठमाडौं असार २१ गते ।
गएको वैशाख एक गतेदेखि हिजोसम्म बाढीरपहिरो र चट्याङ्गका कारण ६२ जनाले ज्यान गुमाएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत ८० दिनमा बाढी पहिरोमा मात्रै २१ जनाको ज्यान गएको हो ।वैशाखयता पहिरोमा १४ जना, भेल तथा बाढीमा ७ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै २० जना घाइते भएका छन् । वैशाखयता बाढीपहिरोमा भन्दा चट्याङ्गबाट ज्यान गुमाउनेको सङ्ख्या दोब्बरले धेरै छ । यो वर्ष असार २० गतेसम्म चट्याङ्गमा परेर ४१ जनाले ज्यान गुमाएका प्राधिकरणको तथ्याङ्क छ ।
बाढीरपहिरो तथा ठूलो वर्षाका कारण १ सय ३२ वटा घटना भएका छन् । त्यस्तै देशका विभिन्न ठाउँमा गरी १ सय ७ वटा चट्याङ्गका घटना भएका छन् ।
यो वर्ष बाढीरपहिरो, भेल वर्षा, चट्याङ्ग, सर्पदंश, आगलागी, हावाहुरी, जनावरको आक्रमणबाट १ सय ७ जनाले ज्यान गुमाएका छन् ।यी घटनामा २ सय २२ जना घाइते भएका छन् ।
अहिलेसम्म ६५ करोड ५७ लाख १४ हजार ५ सय ६० रुपैयाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ ।
Discussion about this post