काठमाडौं असोज १७ गते । कृष्ण बहादुर महराको सभामुख पदबाट राजिनामा दिए लगतै राजनिती मा सभामुख को बन्ने होडबाजी चलिरहेको बेलामा नेकपाले सभामुख पद नछोड्ने बताएको छ। कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ।
‘सभामुख पद छोडने कुरै हुँदैन,’ नेकपाका सांसद भने, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिएर भए पनि नेकपाले सभामुख पद छोड्दैन।’
यता नेपालि कांग्रस ले भने एउटै दल बाट सभामुख र उपसभामुख भएको भनि बिरोध गर्दै आएको छ । तत्कालीन माओवादी केन्द्रबाट महरा सभामुख र तत्कालीन एमालेबाट तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएका थिए । यता भने उपसभामुख पदबाट तुम्बाहाम्फे लाई राजिनामा गराउने नेकपाको तयारी गरेको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post