दाङ असार २४ गते ।
दाङको देउखुरीमा राप्ती नदीले बगाउँदा एक जना पुरुषको ज्यान गएको छ ।नदीले बगाउँदा राप्ती गाउँपालिका–४, मौरीघाटका ४२ वर्षीय शङ्कर चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
हिजो हँसिया, खुर्पा र फरुवामा आरन लगाउन मौरिघाटबाट गढवा गाउँपालिका—१ जेठान गाउँ जाने क्रममा चौधरीलाई नदीले बगाएको थियो।चौधरीलाई नदीले बगाएर देउखुरीको सिसहनियाँ—महदेवा जोड्ने पुल मुनि पु¥याएको थियो ।
चौधरीको शव पुलमुनि देखेपछि स्थानीयले हिजो बेलुका प्रहरीलाई खबर गरेका थिए।चौधरीको शव लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
Discussion about this post