
खोजखबर संवाददाता ललितपुर असोज १७ गते । ललितपुर महानगरपालिका–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले उनीहरुलाई खालबाटै पक्राउ गरी दुई लाख ६५ हजार रुपैयाँ नगद बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर ले जनायको छ।
Discussion about this post