बाँके असार २७ गते ।
बाल यौन दुराचार मुद्दाका एकजना फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । डुडुवा गाउँपालिका–४ का ३३ वर्षीय अनिस नाउलाई प्रहरीले पक्राउ गरी सोमवार जिल्ला अदालतमा बुझाएको छ ।
जिल्ला अदालतले गएको कार्तिक ३० गते बाल यौन दुराचार मुद्दामा दोषी ठहर गर्दै नाउलाई ३ महिना ८ दिनको कैद फैसला गरेको थियो । त्यसपछि उनी फरार थिए ।
Discussion about this post