बाँके असार ३१ गते ।
सडक अवरुद्धको भिडियो खिचेको भन्दै कोहलपुरका पत्रकार विजय परियारमाथि डीएसपी ऐनबहादुर मल्लले आक्रमण गरेका छन् ।ईलाका प्रहरी कार्यालय कोहलपुरमा प्रमुख समेत रहेका डीएसपी मल्लले बिहीबार सञ्चार सामाग्री नियन्त्रणमा लिदैं दुव्र्यवहार गरेका
हुन् ।
प्रहरी कार्यालय अगाडि चक्काजामको भिडियो खिचिरहेको बेला डीएसपी मल्लले पत्रकार परियारको मोबाईल खोस्दै घिसारेर कार्यालयभित्र लगेका थिए । मल्लको दादागिरीबारे चौतर्फी आलोचना र बिरोध भएको छ ।
श्रीमतिको पावरमा कोहलपुर इप्रकाको जिम्मेवारी हत्याउन सफल उनी पावरवालाको पछि मात्रै लाग्ने गरेका छ्न । उनको श्रीमती र काँग्रेस सभापति देउवा पत्नी बिचको गतिलो सम्बन्ध भएकै कारण उनले कोहलपुर प्रहरीको कमान्ड सम्हाल्ने मौका पाएका हुन ।
घुसखोरीमा समेत आफ्नो ब्रान्ड बनाइ सकेका मल्लले पछिल्लो पटक पत्रकारलाई निशानामा पारेका छ्न । यहाँसम्मकी बर्दीमै उनले पत्रकारलाइ आक्रमण गरेका छ्न।
डीएसपी मल्लले पत्रकार परियारमाथि गरेको दुव्र्यवहारको कोहलपुरका क्रियाशिल पत्रकारहरुले विरोध जनाएका छन् ।
Discussion about this post