अजय पाठक बाँके असोज १८ गते । आज सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्रि भनिन्छ। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्रि हुन्। उनको टाउकाको झाँक्रो फिजाएको जस्तो देखिन्छ। घाँटीमा बिजुली सरह झल्कने माला छ। श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ। माता कालरात्रिको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन् त्यसैले भक्तहरुको पुज्निय हुन ।
यसैले यी देवीको एक नाम ‘शङ्करी’ पनि रहेको छ। देवी कालरात्रि दुर्जनहरूको उछित्व गर्ने हुनुहुन्छ । हाम्रो पू्र्खा अनुसार यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भनिएको छ।
नव पूजा र दशैको सबैलाई अन्लाईन खोजखबरको स- परिवार बाट नौरात-सप्तमीको हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दा छौ ।
Discussion about this post