काठमाडौं साउन ५ गते ।
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङे गैंडाको मृत्युदर बढ्दै गएको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा ३७ वटा गैंडा मरेका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्षमा ३२ गैंडा मरेको तथ्यांकमा उल्लेख छ । प्राकृतिक मत्युदर सँगसँगै केही वर्षअघि रोकिएको गैंडाको चोरीसिकारीलेसमेत गैंडा मर्न थालेको पाइएको छ ।
निकुञ्जको आफ्नो संयन्त्र चोरी सिकारी नियन्त्रण गरेर ‘जिरो पोचिङ’को अवस्थामा फर्काउन सकेको छैन । गत वर्ष मृत्यु भएका ३७ वटा गैंडामध्ये २ वटालाई चोरी सिकारीले मारेको निकुञ्जले उल्लेख गरेको छ ।
निकुञ्जले सार्वजनिक गरेको तथ्यांकमा गत मंसिर २७ गते भरतपुर महानगरपालिका वडा नं। १६ मा करेन्ट लागेर मरेको गैंडाको संख्या जोडिएको छैन ।
Discussion about this post