काठमाडौं साउन ९ गते ।
गएरातिदेखि पहाडी क्षेत्रका धेरै ठाउँमा पानी परिरहेको छ ।प्रदेश–१ र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा अहिले पनि पानी परिरहेको छ ।राति पानी परेका केही ठाउँमा भने अहिले पानी पर्न रोकिएको छ ।
अहिले पानी परिरहेका ठाउँमा पनि केहीबेरमा पानी रोकिने र दिउँसोपछि फेरि पर्ने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।यस्तै, राति भने प्रदेश–१ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । राति बाढी पहिरोको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसविद्को आग्रह छ।
Discussion about this post