रुकुम साउन १२ गते ।
रुकुम पश्चिमबाट एक वर्षमा झण्डै ४६ हजार किलो जडीबुटी जिल्ला बाहिर निकासी भएको छ। बितेको आर्थिक वर्ष ०७८/७९ जिल्लाबाट विभिन्न २६ प्रजातिका जडीबुटी निकासी भएको हो ।
१ वर्षमा ४५ हजार ९ सय १२ केजी जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय रुकुम पश्चिमले जनाएको छ । जिल्लाभरमा विभिन्न २६ प्रजातिका ५७ हजार ६ सय ७२ किलो जडीबुटी सङ्कलन भए पनि असार मसान्तसम्म ४५ हजार ९ सय १२ किलोको छुटपुर्जी काटिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी जीवराज महतले जानकारी दिनुभयो ।
उहाँका अनुसार सङ्कलन भएकोमध्ये ११ हजार ७ सय ६० किलो जडीबुटी भने जिल्लामै रहेको छ ।
Discussion about this post