बाँके साउन १५ गते ।
नेपाल भ्यालुयर्स एशोसिएसन लुम्बिनीको प्रदेश सचिवमा ई. विवेक लामिछाने निर्वाचित भएका छन् । शनिबार बुटवलमा भएको एशोसिएसनको प्रथम अधिवेशनले इन्जिनियर यमलाल पाण्डेको अध्यक्षतामा निर्वाचित प्रदेश समिति लामिछानेलाई सचिव निर्वाचित गरेको हो ।
नेपाल भ्यालुयर्स एशोसिएसन लुम्बिनी प्रदेशको उपाध्यक्षमा ई. गोविन्द पंगेनी, सहसचिव ई. अमित खनाल र कोषाध्यक्ष ई. आदर्श न्यौपाने छन् । सदस्यहरुमा इन्जिनियरहरु दिपेश घिमिरे, भुपेन्द्र ओली, रभि पाण्डे, कृतेश श्रेष्ठ, रुपेश पाण्डे र विजय कर्माचार्य छन् ।
सचिवमा निर्वाचित ई. विवेक लामिछाने नेपालगन्जका हुन् । प्रगतिशिल इन्जिनियरिङ्ग एशोसिएसनका केन्द्रीय सदस्य लामिछाने बाँके इन्जिनियरिङ्ग कन्सल्टेन्सीका प्रबन्ध निर्देशक हुन् । उनले ३५ बढी बैंक तथा वित्तीय संस्थाकालागि सम्पत्ति मूल्यांकनको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
सचिवमा निर्वाचित ई. विवेक लामिछाने नेपालगन्जका हुन् । प्रगतिशिल इन्जिनियरिङ्ग एशोसिएसनका केन्द्रीय सदस्य लामिछाने बाँके इन्जिनियरिङ्ग कन्सल्टेन्सीका प्रबन्ध निर्देशक हुन् ।
लामिछाने बाँकेको सामाजिक क्षेत्रको विभिन्न संघ संस्थाहरुमा आवद्ध रहेर सामाजिक कार्यमा अग्रसर रहदै आएका छन् ।
Discussion about this post