
बाँके असोज १८ गते । बाँकेको खजुरा २ गौघाट स्थित योगिनी उच्च माबिको खेल मैदानमा सञ्चालन भएको नेपाल आईस योगिनी कप फुटबल प्रतियोगिता २०७६ को उपाधी श्री चन्द्र ज्योति क्लबले हात पारेको छ । सहयोग आवाज (हिभ) नेपालको आयोजनामा सञ्चालन भएको फुटबल प्रतियोगितामा श्री चन्द्र ज्योति क्लबले योगिनी ११ बि का बिरुद्ध ३ गोल गरि नेपाल आईस योगिनी कप फुटबल प्रतियोगिता २०७६ को उपाधी जित्न सफल भएको हो । अन्तिम दिन श्री चन्द्र ज्योति क्लब र योगिनी –११ बि बीच फाईनल उपाधीका लागी प्रतिष्पर्धा भएको हो । खेल शुरु भएको ९ औं मिनेटमा योगिनी –११ बि का खेलाडी शिख बस्नेतले पहिलो गोल गरेका हुन् । श्री चन्द्र ज्योति क्लबका जर्सी नं ११ खेलाडी बिक्रमसिंह ठकुरीले १५ औं मिनेटमा योगिनी –११ बि का बिरुद्ध १ गोल गरी खेल बराबरीमा ल्याए । यस्तै गरी श्री चन्द्र ज्योति क्लबकै खेलाडी बिक्रमसिंह ठकुरीले २९ औं मिनेटमा अर्को १ गोल गरि अग्रता लिए । ६३ औ मिनेटमा चन्द्र ज्योति क्लबकै खेलाडी बिक्रमसिंह ठकुरीले १ गोल गरी लगातार ३ गोल गरी टिमलाई नेपाल आईस योगिनी कप फुटबल प्रतियोगिता २०७६ को उपाधी दिलाउन सफल भए । बिजेता टिम श्री चन्द्र ज्योति क्लबले उपाधी संगै नगद ५० हजार र ट्रफी उाएको छ । बिजेता योगिनी –११ बि भने १ गोलमै सिमित भयो र नेपाल आईस योगिनी कप फुटबल प्रतियोगिता २०७६ को उप बिजेता बनेको हो । उप बिजेता योगिनी –११ बिले नदग २५ हजार र ट्रफी प्राप्त गरेको छ । नेपाल आईस योगिनी कप फुटबल प्रतियोगिता २०७६ को उद्घाटन समारोहलाई सम्बोधन नेपाल फूटबल संघ बाँकेका अभ्यक्ष भोजराज शाहीले खेलले ठाँउ र ब्यक्तिलाई चिनाउने भन्दै खेलको बिकासका लागी सबैले हात फैलाउनु पर्नेमा जोड दिए । नेपाल आईस योगिनी कप फुटबल प्रतियोगिता २०७६ ले यस खजुरा क्षेत्रका युवाहरुलाई खेल क्षेत्रमा उत्साहित बनाएको खजुरा गाउँपालिका कार्यबाहक प्रमुख एकमाया बिकले बताईन् । उनले आगामी दिनमा खजुरा गाउँपालिकाले खेल क्षेत्रलाई अगाडी बढाउन तयार रहेको बताईन् ।
Discussion about this post