काठमाडौँ साउन १९ गते ।
संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक आज दिउँसो एक बजे प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बस्नेछ। बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने सम्भावना रहेको छ।
हिजो बसेको पाँच दलीय सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए।
त्यस सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद बैठकमार्फत प्रदेश र संघको निर्वाचन तोक्नेसक्ने एक मन्त्रीले जानकारी दिएका छन्। निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न सरकारसँग परामर्श गरेको एक महिना पुग्दा समेत सरकारले मिति घोषणा गरेको छैन।
Discussion about this post