खोजखबर संवाददाता
बाजुरा असार १२ गते ।बाजुरा-जिल्लाको बुढिन्नदा नगरपालिकाबाट तस्करी भइरहेको जडिबुटि, ठेकेदार, भरीयालाइ प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले पक्राउ गरिएको छ ।
अनुमति बिना बुढिन्नदा नगरपालिका-४ बाट संकलन गरि भरीया मार्फत ढुवानी गरेर गोदाममा जम्मा गरीरहेको बेला बुढिन्नदा नगरपालिकाको बिरसैनमा प्रहरी र बन कर्मचारीको संयुक्त टोलीले बिहीबार पक्राउ गरि नियन्त्रणमा लिएको हो ।
प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले १२ बोरा सेतकचिनि, १ बोरा सुगन्धवाल १ बोरा कटुकी गरि ४ सय ६३ केजी १२:४५ बजेको समय नियन्त्रणमा लिएको सिप पादुका सब डिभिजन बन कार्यलय बन रक्षक जयलाल बिकले बताएका छन् ।
Discussion about this post