महोत्तरी साउन २३ गते ।
महोत्तरीमा एक जना ज्वाइँले मट्टीतेल खन्याएर सासु र श्रीमतीको शरीरमा आगो लगाएका छन ।
जिल्लाको भंगहा नगरपालिका–९ कन्चनवनकी रेशमादेवी सदा र उनकी छोरी प्रमिलाको शरीरमा प्रमिलाका श्रीमान शंकर सदाले मट्टीतेल छर्किएर आगो लगाएका थिए ।
प्रहरीका अनुसार, आगोले ६५ वर्षीया रेशमादेवीको पिठ्युँ, पाखुरा र बाँया खुट्टामा जलेको छ भने ३५ वर्षकी प्रमिलाका दुबै हात, दुबै खुट्टादेखि पैतला र छातीमा जलेको छ । उनको अवस्था गम्भीर छ । दुबै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो ।
महोत्तरीका डिएसपी प्रकाश बिष्टका अनुसार जनकपुरमा उपचार हुन नसकेपछि उनीहरूलाई काठमाडौं पठाइएको छ । मट्टीतेल छर्केर आगो लगाउने शंकरलाई प्रहरीले खोजी रहेको छ । घटनाको मुख्य कारण भने अझै नखुलेको प्रहरीले जनाएको छ ।
Discussion about this post