बाँके साउन २७ गते ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको बाँके जिल्ला इन्चार्जमा कुस्माखर बस्याल मनोनीत भएका छन् ।
बाँकेमा युवा संघमा तत्कालीन नेकपाको अवस्थामा समेत राम्रो पकड राख्न सफल बस्याललाई जिल्ला इन्चार्जको जिम्मेवारी प्रदान गरिएको हो ।
तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको जिल्ला संयोजक समेत रहेका बस्यालले हालको एमालेमा युवालाई संगठित गर्न अग्रणी भुमिका खेलेका थिए ।
युवामाझ अत्यन्तै लोकप्रिय बस्याल नेकपा एमाले कोहलपुर नगर कमिटी सह इन्चार्ज तथा बाँके जिल्ला कमिटी सदस्य समेत हुन् ।
Discussion about this post