बाँके भदौ १ गते ।
कोहलपुर वडा नम्बर ७ आरती जंगलमा एक बालकको शब फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
कोहलपुर वडा नम्बर १४ बस्ने अन्दाजी बर्ष १५ को बालक रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपि ऐन बहादुर मल्लले बताएका छन ।
उक्त घटना बारे जानकारी हुन साथ प्रहरि परिचालन गरि तिब्र अनुसन्धान भइरहेको मल्लले बताए । साथै अनुसन्धान कै क्रममा संकास्पद एक ब्यक्तीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइ रहेको जनाइएको छ ।
मृतक बालकलाई भाटा तथा लठिले हानेर मारेको जस्तो घाउहरु देखिएको प्रहरिको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ ।
यस घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए ।
Discussion about this post