बाँके भदौ २२ गते ।
बाँकेको कोहलपुर नगरपालिकाले जग्गाधनी लालपूर्जा वितरण गरेको छ । कोहलपुर नगरपालिका–४ मा रहेको गोहवा र बेलनपुरमा गाउँ ब्लकका १ सय १ जनालाई लालपूर्जा वितरण गरिएको छ ।
आज कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी र ४ का वडा अध्यक्ष मुबारक अलि गुजरले संयुक्तरुपमा १ सय १ जनालाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको हो ।
जग्गा धनी लालपूर्जा वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुरमा जग्गा वितरणको काम शुरु भइसकेको र केही महिनामा सबै वडामा जग्गा धनी लालपूर्जा वितरण हुने बताउनु भयो ।
संविधानमा भएको नागरिकको हक कार्यान्वयलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको नगर प्रमुख आचार्यले बताउनुभयो ।
Discussion about this post