बाँके असोज ७ गते ।
सरकारले भेरी अस्पताल विकास समितिको अध्यक्षमा सकिल अहमद जसगडलाई नियुक्त गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जसगडलाई आज अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि अध्यक्षमा जसगडलाई नियुक्त गरेको जनाएको छ ।नेपालगन्जका सुनचाँदी व्यवसायी जसगड नेकपा एकीकृत समाजबादी पार्टीका नेता हुनुहुन्छ ।
उहाँ समाजबादीको कोटामा अस्पताल विकास समितिको अध्यक्ष बन्नु भएको हो । जसगड समाजबादीका जिल्ला सदस्य भएको बताइएको छ ।यसअघि अस्पताल विकास समितिको अध्यक्षमा प्रमोद धिताल रहनु भएको थियो ।
Discussion about this post