सुर्खेत असोज ७ गते ।
सिंचाइ योजनाका नाममा कुनै काम नगरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले सुर्खेतको घुमखहरेको लामिताले मोटर सिंचाइ आयोजनामा भ्रष्टाचार भएको आरोप लगाएको हो । १५ वर्षअघिको घटनामा अख्तियारले ४ लाख ३८ हजार रुपैयाँ विगो माग दावी गरेको छ ।
अख्तियारले घुमखहरे गाविसका सचिव खड्कबहादुर रोकाया, देवीलाल सुनार, प्राविधिक सहायक खगेन्द्र प्रसाद उपाध्याय र उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर घर्तीविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले शुक्रबार नै बाँकेको कोहलपुर–४ रोहिणीस्थित सिर्जना सामुदायिक वनमा उपभोक्ता समितिले गुणस्तरहीन भ्यूटावर निर्माण गरेको आरोपमा १५ लाख रुपैयाँ विगो माग दावी गरी मुद्दा दायर गरेको छ ।
अख्तियारले उपभोक्ता समितीका अध्यक्ष दशरथ शर्मा पराजुली, कोषाध्यक्ष बिनु कुमारी पाण्डे र सचिव दिलमाया राना विरुद्ध मुद्दा दायर गरेको हो ।
Discussion about this post