बाँके असोज ८ गते ।
नेपालगन्ज उद्योग वाणिज्य संघले आज जमुनाह नाकामा उपभोक्तामा सचेतना फैलाएको छ ।
नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहा, बहराईचमा अत्यधिक मात्रामा किनमेल गर्न जादाँ स्वदेशी ब्यापार धरासायी बनेको भन्दै संघको आयोजनामा सचेतना कार्यक्रम गरिएको हो ।
नेपालबाट भारतीय बजार जादै गरेका उपभोक्ता र भारतबाट किनमेल गरेर फर्किने उपभोक्तालाई यहाँका उद्योगी, ब्यवसायीले स्वदेशमै सामान किनमेल गर्न आग्रह गरेका थिए ।
नेपालगन्जमै गुणस्तरिय सामान पाइने, स्वदेशमै कमाएर स्वदेशमै खर्च गर्नुपर्ने, सिमावारीको बजार प्रवद्र्धन गर्नुपर्ने जस्ता प्लेकार्ड बोकेका थिए ।
संघको अगुवाईमा यसअघि शुक्रबार बिहान १० बजे चर्को ब्याजदर विरुद्ध नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालय अगाडी धर्नासहित ज्ञापन पत्र बुझाएका थिए । उद्योगी, ब्यवसायीको छाता संगठन उद्योग वाणिज्य संघ चरणवद्ध आन्दोलनमा उत्रिएको छ ।
Discussion about this post