बाँके असोज १४ गते ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई डेंगु संक्रमण पुष्टि भएको छ ।
डेंगु पुष्टि भएपछि बिष्ट अस्पताल भर्ना हुनुभएको छ । बुधबार साँझदेखि उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि विष्टले विहिवार स्वास्थ्य जाँच गराउनुभएको थियो । उहाँ आज नेपालगन्ज मेडिकल कलेजमा भर्ना हुनुभएको छ ।
विष्ट मेडिकल वार्डको १३३ नम्बर क्याबिनमा उपचाररत हुनुहुन्छ । उहाँलाई उच्च ज्वरो आएको छ ।
Discussion about this post