दाङ असोज १९ गते ।
दाङमा लमहीस्थित अर्जुन खोलामा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।
लमही नगरपालिका(६ स्थित अर्जुनखोलामा मंगलबार दिउँसो पौडी खेल्न गएका लमही(४ अर्नहवाका १३ वर्षीय ललित परियार र १० वर्षीय अजित विकको डुबेर मृत्यु भएको हो ।
सशस्त्र प्रहरी बल नं ४१ दाङका प्रहरी नायव निरिक्षक प्रकाश जैसी ढकालका अनुसार दिउँसो पाँच जना साथीहरू नुहाउन गएका मध्ये दुई जनाको मृत्यु भएको हो ।
घटना भएलगतै सशस्त्र प्रहरी बल नेपाल–४१ नम्बर रिजर्भ गण अर्जुनखोलाको टोली खोजी तथा उद्धारमा खटिएका थिए । मृतकको शव लमही अस्पतालमा राखिएको छ ।
Discussion about this post