काठमाडौं कात्तिक १६ गते ।
आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले एक हप्ता विदा दिने भएको छ ।
त्रिविले जाडोको विदामा समायोजन गर्ने गरी चुनावमा विदा दिने सुझाव आएकोले त्यसैगरी विदा दिने तयारी भइरहेको जनाएको छ ।
चुनावका बेला विद्यार्थीहरू पनि मतदान गर्न जाने भएकोले र कतिपय क्याम्पसहरूमा मतदान केन्द्रहरू परेको भएकोले एक हप्ता विदा दिने तयारी रहेको शिक्षाध्यक्ष शिवलाल भुसालले जनाएका छन् ।
त्रिविले पुस १५ पछिदेखि जाडो विदा दिँदै आएको छ । यसै बिदालाई समायोजना गरी चुनावमा बिदा दिन लागेको शिक्षाध्यक्ष भुसालले बताए ।
Discussion about this post