जावेद अन्सारी बाँके असोज १९ गते । दशै आयो सबै तिर छुटी छ, रमाईलो माहोल छुटी भएकाले सबै घरमा रमाईलो गर्नमा तलिन छन । सरकारी कार्यालय हरुको पनि बिदा छ।
तर नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणा भने आफ्नो नगर बासीहरुको अबस्था बुझ्न साँझ परे पछि नगरपरिक्रमा गर्नु भएको छ । मानिसहरुको चहलपहल हुने ठाउँहरु बसपार्क लगायत ठाउँहरुमा गएर नगर प्रहरी लगायतका कर्मचारीहरुलाई शान्ति सुरक्षामा चनाखो हुन र कुनै तेस्तो अपृय घटना हरु हुन नदिन निर्देशन दिएका छन ।
भखरै सन्चालनमा आएको बसपार्कमा रातिको समयमा हुने गतिबिधिको समेत अबलोकन गरेका छन । अनलाईन खोजखबर डट कम ले गरेको प्रश्नमा उनले भने नगरपालिका भित्र नगरबासीको खबर बुझ्न मलाई समयलाई न छेक्ने जुन सुकै समय परिस्थितिमा नगरबासीको लागी हाजिर हुने बताए । रातिमा यसरी नगर भित्रको गतिबिधिको बारेमा बुझ्दै हिडे पछि सर्बसाधारण पनि खुसी हुदै भने बल्ल अभिभावकको अनुभुति भएको छ । बिकाश गौतम ले पनि सबैको साझमा पनि निरक्षण, निर्देशन गरिरहेका देख्दा अत्यन्तै खुशी लाग्यो। बास्तवमा नगरवासीले बिकास प्रेमी मेयर चुनेका रहेछन् भन्दै खुशी व्यक्त गरे ।
बिदाको समयमा हरेक समयमा आफु नगरपालिकाभित्र घुम्ने र हालखबर लिने मेयर राणा ले बताएका छन ।
Discussion about this post