डोटी कात्तिक २४ गते ।
मंगलबार राति र बुधबार विहान डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भयो भने ५ जना घाइते भए ।
दिपायललाई केन्द्रविन्दु बनाएर मंगलबार राति ९ः०७ मिनेटमा गएको ५।७ म्याग्निच्युडको भूकम्प गयो भने खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार विहान २ः१२ मा ६।६ म्याग्निच्युडको । भूकम्पले भएको क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन । तर, विशेषगरी ढुंगा र माटोबाट बनेका पुराना जीर्ण घरहरुलाई मध्यम श्रेणीको भूकम्पले नै भत्काएको देखिन्छ ।
विज्ञहरु भने डोटी भूकम्पलाई ‘खतराको घण्टी’का रुपमा लिनुपर्ने बताउँछन् । खानी तथा भूगर्भ विभागका पूर्वामहानिर्देशक सोमनाथ सापकोटा यस्ता भूकम्पले ठूलो भूकम्प आउने खतरा नटर्ने, तर सम्भावित ठूलो विपदको बारेमा सचेत गराउने बताउँछन् ।
‘अध्ययनअनुसार पश्चिम नेपालमा सन् १५०५पछि ठूलो भूकम्प गएको छैन,’ उनी भन्छन्,’त्यहाँ सञ्चित भएर बसेको ठूलो शक्तिलाई मंगलबार राति आएका जस्ता कयौं भूकम्पले कम गराउन खासै भूमिका खेल्दैनन्, बरु यस्ता भूकम्पलाई खतराको घण्टीको रुपमा बुझेर विपदको पूर्वतयारीको योजना बनाएर काम थाल्नुपर्छ ।’
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा भूगर्भविद विशालनाथ उप्रेती गोरखाबाट पश्चिम ८ रेक्टरभन्दा ठूलो भूकम्प नगएको ५०० वर्षभन्दा बढी भएको बताउँछन् ।यकिन तथ्यरतथ्यांक नभएपनि जमिन खनेर भूकम्प गएको हेर्ने प्रविधिमार्फत गरिएका अध्ययनबाट पश्चिम नेपालमा यसअघि गएको ठूलो भूकम्पबारे पत्ता लागेको हो ।
सन् १५०५मा पश्चिम नेपालतर्फ भूकम्पले २० मिटरसम्म जमिन सरको पाइएको प्राज्ञ उप्रेतीले बताए । ‘धेरै मिटरसम्म जमिन सरेको हुनाले सो भूकम्प कति शक्तिशाली भयो भनेर अनुमान गर्न सकिन्छ,’ उप्रेती भन्छन्, ‘२०१५मा गएको भूकम्पले जमिन खासै सरेको थिएन, ७।९ म्याग्नेच्युडको भूकम्प नै त्यति शक्तिशाली थियो भने ५०० वर्षअघिको त्यो भूकम्प कति शक्तिशाली थियो भन्ने अनुमान गर्न सकिन्छ ।’
डोटीमा मंगलबार राति गएको भूकम्पले केही क्षति गरेपनि सो क्षेत्रको सम्भावित र प्रक्षेपित महाभूकम्पको तुलनामा यो निकै सानो भएको उनले बताए । यस्तो सयौं भूकम्पले समेत त्यस्ता सञ्चित भएर बसेको शक्तिलाई घटाउन नसक्ने दोहो¥याउँदै प्राज्ञ उप्रेतीले यस्ता भूकम्पको शक्ति भन्दा पनि सन्देश महत्वपूर्ण हुने बताए ।
उनका अनुसार विसं १९९०मा पूर्वी नेपालको संखुवासभाको चैनपुरलाई केन्द्र पारेर गएको भूकम्पले कोशीपूर्व ठूलो क्षति पु¥याएको थिएन । यसले गर्दा पूर्वी नेपाल पनि भूकम्पीय जोखिमका हिसावले कम खतरामुक्त नरहेको उपे्रतीले बताए । ‘अध्ययनले सन् १२५५मा गएको भूकम्पले पूर्वी नेपाल धेरै प्रभावित भएको देखाएको छ, त्यसपछि करिब ८ सयवर्षसम्म पूर्वी नेपालमा पनि एकदमै ठूलो भूकम्प गएको छैन,’ उनी भन्छन्,’त्यसैले पश्चिम नेपालजस्तै पूर्वी नेपाल पनि कम जोखिमपूर्ण कम छ भन्ने हैन ।
’सिक्किममा भएको अध्ययनले सो क्षेत्रमा करिब १३ सय वर्षसम्म ठूलो महाभूकम्प नगएको देखाएको छ । यसका कारण सो क्षेत्रमा ठूलो भूकम्प गएमा पूर्वी नेपालमा पनि लाखौं नेपाली प्रभावित हुने प्राज्ञ उप्रेतीको भनाइ छ । ‘
Discussion about this post