बाँके कात्तिक ३० गते ।
जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफनो निर्वाचन क्षेत्रमा पर्ने नेपालगन्ज उपमहानगरपालिका १९ मा घरदैलो गरेका छन् ।
उक्त वडाका फुटाहा, मन्निपुरुवा, भन्खुस्रा र सुईयामा घरदैलो गरेका हुन् । त्यसक्रममा मतदाताहरु उत्साहित भएर राईलाई स्वागत गरेका छन् ।
त्यसक्रममा राइले यो क्षेत्रको विकासका मुद्दामा आफुले जुनसुकै समयमा पनि साथ दिने प्रतिबद्धता जनाएका छन् । उनले नेपालगन्ज र यो निर्वाचन क्षेत्रको विकास, समृद्धि अनि सामाजिक सद्भाव र आपसी भाइचारबाहेक आफूले अरू कुनै पनि स्वार्थ नराखेको भन्दै यहाँको समग्र विकासका लागि आफू संसद भए पनि नभए पनि लागिरहने प्रण पनि गरेका छन् ।
उनले यो क्षेत्रमा स्तरीय र जीवनोपयोगी सिपमुलक शिक्षा, आधुनिक प्रविधिको स्वास्थ्य, उत्कृष्ट सामाजिक सुरक्षा र युवा तथा रोजगारी लगायत भौतिक विकास निर्माण अनि पर्यापर्यटनलाई महत्वमा राखेर योजनाहरू बनाइरहेको भन्दै त्यसलाई सफल पार्नका लागि जसपाका उम्मेदवारहरूलाई मतदान गर्न पनि अपिल गरे ।
उम्मेदवार राईले ज–जसले धार्मिक र साम्प्रदायिक नारा लगाए पनि आफ्नो जीवन रहँदासम्म यहाँको सामाजिक–धार्मिक सद्भाव र भाइचार खलबलिन नदिने प्रतिज्ञा पनि गरे ।
Discussion about this post