चितवन असोज २२ गते । चितवनको भरतपुरमा यात्रु बाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौंबाट मलंगवा सर्लाहीतर्फ जांदै गरेको ना ५ ख ५३४४ नम्बरको यात्रुबाहक बस भरतपुर महानगरपालिका १२ स्थित आस्थाचोकमा दुर्घटना भएको हो ।
घाइतेहरुको पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुईजना भने सामान्य उपचारपछि घर फर्केका छन् । गएराती सवा १२ बजे बस अनियन्त्रित भइ सडक छेउमा रहेको पीपलको रुखमा ठोक्किएको प्रहरीले जनाएको छ ।
Discussion about this post