रुपन्देही मंसिर ९ गते ।
रुपन्देही क्षेत्र नम्बर–२ को मतगणना विवादका कारण रोकिएको छ ।
गणनाको क्रममा मुचुल्कामा उठाएभन्दा ३४ मत बढी भेटिएपछि विवाद भएको हो ।लुम्बिनी वाणिज्य क्याम्पसको एउटा केन्द्रमा ३४ मत धेरै भेटिएपछि गठबन्धन दलसहित स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले विरोध गरेका थिए ।
विरोधपछि उनीहरु गणनामा सहभागी नभएपछि राति ३ बजेबाट मतगणना स्थगित भएको छ । छलफल गरेर मतगणनालाई सुरु गर्ने निर्वाचन अधिकृत उदवीर नेपालीले बताउनुभयो ।
यो क्षेत्रमा अझै ६ हजार मत गन्न बाँकी छ ।पछिल्लो पटकको विवरण अनुसार एमालेका विष्णु पौडेलले २३ हजार ७९३ मत र स्वतन्त्र पार्टीका गणेश पौडेलले २२ हजार ८८७ मत ल्याउनु भएको छ ।
Discussion about this post