जावेद अन्सारी बाँके असोज २२ गते । हिन्दुहरुको महान पर्व बिजयादशमीको दशमी को टीकाको भोलि पल्ट अर्थात् एकादशीको दिन आफ्न्तका गएर टिका लगाउने तथा आशिर्वाद लिने चलन रहेको छ ।
साथै घटस्थापनाका दिन दशैं सुरु भए लगत्तै नब दुर्गाको पुजाआजा गर्ने चलन रहेको छ।
हिन्दु धर्मावलम्बीहरुले हरेक मन्दिर तथा चोक चोकमा नवदुर्गा भगवति माताको मुर्ति स्थापना गरी धुमधामले पुजा आराधना गर्नेगर्छन।
देबीको पुजा आजा संगै हिजो रावणको बध गर्ने कार्यक्रम संगै आज एकादशी संगै बिजया दशमीको दुर्गा माताको झाकी मुर्ति हरूलाई, बिदाइ पनि गर्ने गरिन्छ ।
नेपालगञ्जमा रामलिला सम्पन गरी बिभिन्न ठाउँहरुबाट बाजागाजा सहित धुमधामले राप्ती नदीमा गई मुर्ति बिसर्जन गर्नेगरिन्छ।
मुर्ति बिसर्जन कार्यक्रम कै आयोजना गरी सो अबसरमा बिभिन्न निकाय समुदाय संघसंस्थाका ब्यक्ती हरुलाई समेत स्वागत तथा सम्मान गरीएको छ।
स्वागत तथा सामन हुनेमा जय श्री राम शक्ति दल लाठी कल्बका गुरू तथा अगुवा राजूआर्य ,धर्मेन्द्र लखेर ,बिनोद लोध यसैगरी दुर्गामांता लाठी कल्ब बेलाशपुरका गुरू संयोजक तिर्थराम वर्मा लाई समान गरीएको थियो । दुर्गा पुजा गर्न बसेका गुरु तथा रामलिला सन्चालन गर्ने ब्यक्ती हरुलाई मुस्लिम समुदाय तथा अन्य धर्मावलम्बीका अगुवा हरूले समेत सम्मान गरेकाछन ।
नेपाल मुहर्रम समितिको अध्यक्ष मेराज अहमद हिमालय तथा ओमकार परिवारका अध्यक्ष दीपक लोध पुर्व संबिधान सभा सदस्य अब्दुल हमीद सिद्दकी समाजसेवी रहमान मिया मौलाना कलीम आरफी हाजी रौनक आरीफ अंसारी मुन्ना मंसुरी हन्नान जसगढको नेतृत्व मा, दुर्गा विसर्जन झाकीको स्वागत समेत गरिएको थियो ।
साथै पत्रकारिता र सदभावको छेत्रमा, सह्रानिय काम गरेको भन्दै बाँकेका पत्रकारहरुलाई सम्मानित गरीएको छ,समानित हुने पत्रकारमा सदरलाईन डट कम, तथा राजधानी दैनिकका वरिष्ठ पत्रकार रूद्रसुबेदी , अनलाईन खोजखबरका अध्यक्ष तथा प्रबंधक निर्देशक जवेद अंसारी र धर्म गुरु मौलाना कलिमलाई सम्मानित गरिएको छ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख अधिकारी कुमार बहादुर खड्का र जिल्ला प्रहरी कार्यालय बाँकेका एस.पी वीर बहादुर ओलि तथा शस्त्रप्रहारी बलका एसपी हिन्दु धर्मका अगुवा लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
Discussion about this post