काठमाडौं पुस १८ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपाललेको राजनीतिक समितिको बैठक सोमबार बस्दैछ। ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बैठक बस्ने जसपाका एक नेताले जानकारी दिए।
ती नेताका अनुसार जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा सहभागी हुनेरनहुने बारेमा छलफल गर्नका लागि उक्त बैठक बोलाएको हो। भोलि मंगलबारसम्म चल्ने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिनुपर्ने पार्टीका मुद्धा र सरकारमा सहभागिता जनाउनेबारे निर्णय गर्ने हुनेछ।
शनिबारको कार्यकारिणी समितिको बैठकले सरकारमा जाने विषय टुंगो लगाउने जिम्मा राजनीतिक समितिलाई दिएको थियो। त्यसबाहेक चुनावको समीक्षा, विधान अधिवेशन र दलहरूसँग एकताका लागि वार्ता समिति गठन लगायतका एजेण्डा पनि छन्।
Discussion about this post