बाँके पुस २० गते ।
बाँकेमा तस्करी झन मौलाउँदै गएको छ । जिल्लाका प्रहरी प्रमुख फेरवेदलसँगै तस्करहरुले मौका छोपेका हुन् । जिल्लाको नेतृत्व फेरवदल हुँदा तस्करहरु सलबलाउने गर्छन् । हालैमात्र बाँकेका एसपी श्यामकृष्ण अधिकारी सरुवा भएर गएका छन । भने उनको ठाउँमा सन्तोष सिंह राठोर आइपुगेका छन् ।
नेतृत्व फेरवदलको मौका छोपेर तस्करहरुले विभिन्न नाकाबाट भन्सार छलिका अवैध सामाग्रीहरु भित्र्याउने क्रम रोकिएको छैन । अघिल्ला एसपी अधिकारीले जिल्लामा तस्करी नियन्त्रण गर्न असफल भए ।
नेपालगन्जको मुख्य जमुनाह नाकाको पछाडिबाट समेत अवैध तस्कर भइरहेको छ । यस्तै अन्य खुल्ला सीमानाकाबाट पनि अवैध तस्कर भइरहेको सूचना प्राप्त भएको छ ।
जयसपुर, परस्पुर, पिप्रहवा हुँदै भन्सार पछाडीबाट तस्करहरुले रातारात भारतबाट अवैध सामानहरु भित्र्याउने गरेका छन् । यसमा विशेषगरी प्रदेश घुमुवाहरुको सेटिंगले काम गरेको छ ।
डिआइजीको नजिकको मान्छे बताउने उनीहरुले जिल्लाका अन्य सुरक्षा अधिकारीहरुलाई समेत नटर्ने गरेको स्रोत बताउँछ । तस्करहरुसँग सेटिंग मिलाएर मोटो रकम कुम्ल्याउँदै आएका उनीहरुले डिआइजीलाई लाइन दिने गरेका छन् ।
डिआइजीसँग सिधै सम्बन्ध भएका कारण उनीहरुले आफु सरह र तल्लो तहका प्रहरी जवानको सातोपुत्लो खाएका छन् । सुरक्षा दिने जिम्मेवारी बोकेका घुमुवा यति बेला कमाउधन्दाका नाइके बनेका छन् । र, अवैध सामान रोक्न हैन कसरी भित्र्याउन सकिन्छ भनेर योजना बनाउने गरेको स्रोत बताउँछ ।
भारतबाट भन्सार छली ल्याएको तस्करीको अबैध सामान नेपालगञ्जको घरबारीटोल, बसपार्क लगायतका विभिन्न स्थानमा भन्डारण हुने गरेको छ ।
तस्करहरुले तस्करीको सामान जमुनाह गाउँ जयसपुर टंकपसरी पिप्रहवा बाबुगाँउमा भण्डारण गरेर दिउँसो र रातीको समयमा नेपालगन्ज ल्याउने गरेका छन् ।
यसरी सामान ल्याउँदा डिउटीमा खटिएका प्रहरीले पैसा अशुल्ने गरेको भिडियो अनलाइन खोजखवरले प्राप्त गरेको छ । तस्करहरुले सानो परिमाणमा भरीया मार्फत भन्सार छली गरेर विभिन्न ठाउँमा भण्डारण गर्ने र एकमुष्ठ नेपालगञ्ज बजारमा ल्याउने गरेको तथ्य अनलाइन खोजखवरले प्राप्त गरेको हो ।
तस्करहरुले भन्सार छलीको सामान नदाइगाउँ जयसपुर हड्डी चोक सुइया बाटो प्रयोग गरेर नेपालगञ्ज भित्र्याउन छन । तस्करहरुले भरियाको प्रयोग गरेर अवैध सामान भण्डारण गर्ने र रातीको समयमा मोटरसाइकल ई रिक्सा अटोरिक्सा लगायतको ठूला सवारी साधानमा लोड गरेर नेपालगञ्ज ल्याउने गरेको तस्कर स्वयम बताउँछन् ।
तस्करहरुले कपडा, लेडिज शुट, हाडवेयर, आटो पार्टस, चिनी, खाद्यान, रजनीगन्धा, तुलसी, सुपर पावर, सूर्तिजन्य पदार्थ, बिजुली बत्तीको सामान, टाइल्स, काटेको ब्रोइलर मासु, माछा लगायतका अवैध सामान राजश्व छलेर भित्र्याउने गरेका छन् ।
खासगरी घरबारीटोल बसपार्कमा भन्डारण हुने अवैध सामान सुर्खेत दाङ लगायतका विभिन्न जिल्लामा निर्यात हुने गरेको तथ्य सार्बजनिक भएको छ । घरवारीटोलका हसर अलिले महिलाहरुलाई प्रयोग गरेर केरिङ मार्फत इ रिक्सा मोटरसाइकलमा रातिको समयमा भारतबाट तस्करी गराउँदै आएको तथ फेला परेको छ ।
प्रहरीलाई दिन्छन मोटो रकम
तस्करहरुले प्रहरीलाई मोटो रकम दिएर तस्करी गरेर भन्सार छलीको अवैध सामान नेपालगञ्जको विभिन्न क्षेत्रमा भण्डारण गर्ने र विभिन्न जिल्ला पठाउने गरेको स्रोतले बताउँछ ।
तस्करहरुले नक्कली बिल र राजश्व अनुसन्धानलाई प्रभावित पारी विभिन्न जिल्लामा तस्करीको सामान पठाउने गरेका छन । तस्करहरुले भन्सारका कर्मचारी सशस्त्र कोहलपुर राजश्व अनुसन्धान र प्रहरी प्रशासनलाई समेत महिनावारी रकम बुझाउने गरेका छन ।
तस्करले केन्द्रको नेता देखि मन्त्री सम्मलाई समेत चिन्ने र एसपीदेखि डिआइजीसंग उठबस रहेको बताउँदै ती तस्करले भन्सार छली अबैध धन्दा मच्चाउने गरेको स्रोतले बताउँछ ।
तस्करी नियन्त्रणका लागि घुमुवाहरु परिचालन भएका छन् । तर, उनीहरु आफै अशुली धन्दामा सक्रिय रहेको स्रोत बताउँछ । स्रोत भन्छ–‘यहाँ घुमुवा र तस्कर पहिचान गर्नै गाह्रो छ ।’ बसपार्कमा प्रहरीको पोष्ट छ । तर तस्करसँगको सेटिङका कारण प्रहरी थाहा पाएर पनि केही बोल्दैन । तस्करले अवैध सामान भण्डार गर्ने थलोलाई प्रहरीले उल्टै सुरक्षा दिएको जस्तो भइरहेको स्थानीय बताउँछन् ।
स्थानीय भन्छन्–‘अवैध सामानहरु त यहाँ प्रहरीकै स्कटीङमा आउँछ ।’ बसपार्क प्रहरीको कमाण्ड सम्हालेका सई सन्तोष खनाल विवादित छविका प्रहरी अधिकृत हुन् । उनलाई जमुनाहमा अशुली धन्दा गरेको भन्दै दुई हप्तामै जिल्ला तानिएको थियो । बसपार्कमा पनि उनले अवैध अशुली धन्दालाई कायमै राखेका छन् ।
यी हुन चर्चित तस्करहरु
रहिस, भल्लर, मन्त्री, गुडु, कलिम, सविर, रन्जिता, मोनु, आरिफ, बरकत, भौकी, हसर अलि, मिरा, मन्जु, सुखा यादव, सफिक, सद्दाम, इरफान, नन्कु साहु, विना, ललिता, सुशीला, सोनू, आशा, अर्चना, सतिस, नसुरूद्दीन, अकबर ।
Discussion about this post