बाँके माघ १३ गते ।
बालमैत्री परामर्श केन्द्रको भवन र बाल निगरानी कक्ष हस्तान्तरण गरिएको छ ।
कानूनी विवादमा परेका बालबालिकाहरुका लागि जिल्ला प्रहरी कार्यालय बाँकेको परिसरमा निर्मित बाल निगरानी कक्ष र असुरक्षित रुपमा सीमापार भई बेचबिखनको जोखिममा पर्नसक्ने बालबालिकाहरुलाई परामर्श दिने हेतुले इलाका प्रहरी कार्यालय जमुनाह बाँकेमा बालमैत्री परामर्श केन्द्रको भवन निर्माण गरिएको हो ।
शक्ति समूह नेपालगंजको समन्वय र सहकार्य तथा ओ.यु.आरको आर्थिक सहयोगमा निर्माण गरिएका ती संरचना आज हस्तान्तरण गरिएको हो। शक्ति समूहकी सस्थापक चरिमाया तामाङ्को अध्यक्षतामा भएको कार्यक्रममा बाँके जिल्ला प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, जिल्ला सराकरी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता प्रकाश भण्डारी, ओ.यु.आर. का प्रतिनिधिहरु, स्थानीय निकायका जनप्रतिनिधिहरु, प्रहरी कर्मचारीहरु, संचारकर्मी, समाजिक संघ संस्थाका प्रतिनिधिहरु र स्थानीयको उपस्थिति रहेको थियो ।
Discussion about this post