बाँके माघ १८ गते ।
बाँकेमा नकबजनी चोरी मुद्दामा फरार एक जना पक्राऊ परेका छन।
पक्राऊ पर्नेमा, बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुर बस्ने वर्ष २५ को नन्कउ अन्सारी रहेका छन ।
बाँके जिल्ला अदालतको मिति २०७९।०४।०२ गतेको फैसलाले अन्सारीलाई नकबजनी चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको थियो ।
प्रहरीका अनुसार त्यसपश्चात् अन्सारी हाल सम्म फरार रहेका थिए।उनलाई पक्राऊ गरी बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ।
Discussion about this post