बाँके फागुन २५ गते ।
बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ देखि वडा नं.१ पथ्थरबोझी जाने भित्री कच्ची सडक खण्डमा भारतबाट अवैध रुपमा भन्सार छली ७ लाख मूल्य बराबरको १४ जीउ राँगा नियन्त्रणमा लिएको छ ।
बिहीबार बिहान १० बजेको समयमा अवैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ पैदल डोर्याउँदै गरेको अवस्थामा उक्त राँगाहरु पक्राउ गरिएको हो ।प्रहरी चौकी कोठियाघाट र ईलाका प्रहरी कार्यालय ढोढरीको संयुक्त टोलीले राँगा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक बखत बहादुर शाही ले जानकारी दिनुभयो ।
संयुक्त गस्ती टोलीलाई देखेपछि उक्त राँगा सोही स्थानमा छाडी मानिस फरार भएका थिए । नियन्त्रणमा लिइएको राँगा आवश्यक कारबाहीको लागि राजापुर भन्सार कार्यालय गुलरिया पठाइएको प्रहरी निरिक्षक शाहीले जानकारी दिनुभयो ।
Discussion about this post